राजनीति

राप्रपा नेपालका कारण राजतन्त्रको पक्षमा माहौल बनेको हो – कमल थापा

Madhyabindu Online


A A- A+

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपालका कारण राजतन्त्रको पक्षमा माहौल बनेको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले राजतन्त्रको पक्षमा माहौल बनेको देख्दा खुशी र गौरवको अनुभूति भएको बताएका छन् । उनले राजा सहितको प्रजातन्त्र र हिन्दू राज्यको माग गर्ने जुनसुकै समूहलाई राप्रपा नेपालले समर्थन गर्ने बताएका छन् ।

अध्यक्ष थापाले प्रजातन्त्र वा दलहरूको विकल्प राजसंस्था नभएको बताए । ‘२०६३ सालको कहालीलाग्दो अवस्थामा हिन्दू राष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको एजेण्डा बोकेर हिँड्ने एक मात्र दल राप्रपा नेपाल हो, संख्याको कमीले संविधान सभाबाट राजसंस्था र हिन्दू राष्ट्र स्थापना गर्न नसके तापनि जनताको अभिमतबाट हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सक्ने संवैधानिक अधिकार सुनिश्चित गर्ने कामको श्रेय समेत राप्रपा नेपाललाई रहेको छ,’ उनले भने, ‘यही अधिकारका कारण राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउने र स्थापना गर्ने हक जनताले पाएका छन् ।’

विभिन्न दल, व्यक्ति र समूह राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा उभिएको र संघर्ष गर्न तयार भएको देख्दा खुशी र गौरवको अनुभूति भएको उनले बताए ।

छुटाउनु भयो कि ?