कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

‘मानिसकोे मुख बन्द गरेर सत्ता टिक्छ त ?’ – विप्लव
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताको मुख थुनेर सत्ता नटिक्ने टिप्पणी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले वाक स्वतन्त्रतामाथि प्रतिवन्ध लगाएर सत्ता टिकाउने सपना नदेख्न प्रधानमन्त्रीलाई चेतावनी दिएका हुन् ।
सरकारले टिकटक प्रतिबन्ध लगाएको विषयमा प्रधानमन्त्रीलाई संकेत गर्दै उनले भने ‘उनले टिकटक बन्द गर्छन्, अहिले मान्छे मुख बन्द गर्लान जस्तो बोल्लास भनेर । यस्तो बुद्धिले हुन्छ त ? फेसबुक बन्द गरेर लेख्न नदिएर यो त निरङ्कुश व्यवस्थाको चरित्र हो । यसरी हुँदैन, जनताको मन जितेर पो सत्ता टिक्छ मानिसकोे मुख बन्द गरेर सत्ता टिक्छ त ? जनतालाई असन्तुष्ट बनाउने अनि सत्ता टिकाउँछु भनेर हुन्छ ?’
उनले अब देश बचाउने जिम्मा अरुले नलिने भए नेपाल कम्युनिष्ट पार्टीले देश बचाउने जिम्मा लिने जिकिर गरे । त्यस्तै उहाले नेपाली जनतालाई समाजवादतर्फ लैजाने नेतृत्व समेत आफ्नो पार्टीले गर्ने दावी गरे ।