राजनीति

‘हामी आजको अभिमन्यु हौं, हामीलाई चक्रव्युह तोड्न आउँछ’ – ओली

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन अनेकन स्वरुपधारीहरू खडा भएको बताएका छन्।

ललितपुरस्थित पार्टी कार्यालयमा शनिबार उनले भगवान कृष्णलाई मार्ने षड्यन्त्र भएजसरी एमालेलाई सिध्याउन अनेकन स्वरुपधारीहरू खडा भएकोले त्यस्ता स्वरुपधारीहरूलाई एमालेले परास्त गर्नुपर्ने बताए।

एमालेविरुद्ध अनेकन चक्रव्युह खडा गर्न खोजिएको भन्दै उनले आफूहरू द्वापर युगको अभिमन्यु नभएको तर्कसमेत गरे। ‘भगवान कृष्णलाई मार्न पनि अनेकन षड्यन्त्र भएको थियो। अहिले त्यस्तै स्वरुपधारीहरू हामीलाई सिध्याउन आउन सक्छन्। त्यस्ताहरूलाई हामी पराजित गर्न सक्नुपर्छ। हामी महाभारतको अभिमन्यु होइनौं। जो चक्रव्युहमा जान त सक्छन्, तर निस्किन सक्दैनन्। हामी आजको अभिमन्यु हौं, हामीलाई चक्रव्युह तोड्न आउँछ,’ उनले भने।

उनले मंसिर ७ गतेको प्रदर्शन शान्तिपूर्ण रहने बताए। उनले आफूहरूले निषेधित क्षेत्र नतोड्ने प्रस्टसमेत पारे। ‘हामी निषेधित क्षेत्र तोड्दैनौं। निषेधज्ञा तोड्दैनौं। उनले भने, ‘सरकारले स्थल विषेश तोक्यो भने त्यही केन्द्रित हुनसक्छौं। जुन रुट भन्यो त्यही रुटमा चल्न सक्छौं।’

उनले आफूहरू कसैसँग जाइलाग्ने रणनीति नअपनाउने समेत प्रस्ट्याए। ‘हामी संयमित भएर जोशिलो प्रदर्शन गर्छौं। हामीले प्लेकार्ड बोकेर माइतीघरमा बसेजस्तो बस्दैनौं। सकेसम्म रातो टोपी वा रिवन बाँधेर मैदानमा उत्रिन्छौं। प्रदर्शन देखाउनेछौं,’ उनले भने।

छुटाउनु भयो कि ?