देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मनाङ् एयरको नयाँ हेलिकप्टरद्वारा व्यावसायिक उडान सुरु

0

काठमाडौं  – मनाङ् एयर प्रालिले नयाँ हेलिकप्टरद्वारा व्यावसायिक उडान सुरु गरेको छ । फ्रान्समा निर्मित एयरबस हेलिकोप्टरको ‘एएस ३५० बी ३ इ (एच १२५) हेलिकप्टर ९ एन–एएनजेबाट ब्यवसायिक उडान सुरु गरेको मनाङ्ग एयरले जानकारी दिएको छ ।

कम्पनीले सञ्चालन गरिरहेको २ थान हेलिकप्टरले २३ हजार फिटको उचाइसम्म सुरक्षित उडान गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

दक्ष पाइलट तथा प्राविधिकद्वारा पर्यटकीय, दृश्यावलोकन तथा उद्धार उडानमा थप भएको हेलिकप्टरको प्रयोगले यस विमान सेवाले प्रदान गर्ने सेवा अझ प्रभावकारी भएको सो एयरले विश्वास लिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार