देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

समसामयिक बिषयमा छ्लफल गर्न आज कांग्रेस पदाधिकारी बैठक बस्दै

0

(काठमाडौं) – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक विषयमा छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको छ । दिउँसो २ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले संघीय संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव र कोरोना भाइरस संक्रमणको अवस्थालगायत विषयमा छलफल हुने कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले बताएका छन् ।

शनिबार मधेस केन्द्रित दलले राखेको संविधान संशोधनको प्रस्ताव विषयमा पनि बैठकमा कुराकानी हुने बताइएको छ । सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची तीनमा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि सो विधेयक दर्ता गराएको हो ।

बैठकमा कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले हालसम्म गरेका कामको समीक्षा र पार्टीका तर्फबाट गर्न सकिने योगदानका बारेमा समेत छलफल हुने कांग्रेस प्रवक्ता शर्माले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार