देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नर्सरी देखी डिग्री सम्मका अनलाइन कक्षा चलाउँदै रिलायन्स इन्टरनेशनल

0

(काठमाडौं) – कोरोनाको भाइरसको संक्रमणले देश र विद्यार्थिको शिक्षा समेत लकडाउनमा परेपछि काठमाडौं कपनस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीले नर्सरी देखि एमबिएस सम्मका ६००० विद्यार्थीलाई पुर्ण रुपमा अनलाइन बाट शिक्षा दिई रहेको यस शैक्षीक संस्थाका अध्यक्ष तथा प्राचार्य रविन्द्रजंग थापाले जानकारी दिएका छन् ।
अध्यक्ष थापा भन्छन् “लायन्स आफ्ना प्रत्येक अभिभावकसंग जुम मार्फत जोडिएको छ र यस्तो अफ्ठ्यारो परिरिस्थितीमा पनि ६००० मध्ये ९० प्रतिशत विद्यार्थी लाई अनलाइन मार्फत अध्यापनमा जोडेको छ । उनीहरुलाई पटक पटक मेसेज गरेर फोन गरेर पढाईमा उपस्थित हुन र शिक्षा लिन उत्प्रेरित गरिएको छ” ।

भाइस प्रिन्सीपल नन्दु कुशवाहका अनुसार “प्रत्येक शिक्षकलाई हामीहरु फिजिकल कक्षामा भन्दा स्मार्ट भएर पढाउन अनुरोध गरेका छौ । भौतिक कक्षामा गै सके पछि विद्यार्थि सुन्न वाध्य हुन्छ भने यो भर्चुअल कक्षामा शिक्षकको प्रस्तुतिकरणले ठूलो असर पार्ने हुँदा यम अलिकति पनि लापरवाही गरियो भने विद्यार्थि जुम अवे गर्छ । त्यसैले शिक्षकहरुलाई विगत भन्दा पोलाइट र प्रोफेशनल हुन भनिएिको छ” ।

रिलायन्स एकेडेमीका एकेडेमीक निर्देशक विरेन्द्र मेहताले भने “आइसिटी कक्षा अवका दिनमा शिक्षण सकाईको अपरिहार्य पक्ष भएकाले हाम्रो एकेडेमीलाई रुपान्तरण गर्न यो एक कोशे ढुंगा सावित हुदैछ । हामी चाहान्छौ आइसिटी भोलीपनि हाम्रो शिक्षण सिकाईको एकपार्ट बनोस” ।

यसैगरी लगभग कक्षा ११ । १२ का २१०० विद्यार्थिको म्यानेज गर्ने कोअर्डिनेटर देवेन्द्र भण्डारी बिबिएस, बिए एमबियसका कृष्ण राईका अनुसार “ रिलायनस भर्चुअल कक्षाले सकारात्मक परिणाम दिएको र अभिभावकहरु पूर्ण रुपमा शिक्षकको व्यवहारबाट प्रशन्न रहेको ” बताएका थिए ।

यसैगरी रिलाएन्स एकेडेमीमा कक्षा १२ को परिक्षाको पर्खाइमा रहेका बिद्यार्थी अभियान आचार्य भन्छन् ” लकडाउनका बेला परिक्षा कस्तो हुने हो भनेर अन्योल भएको बेलामा हाम्रो कलेजले लकडाउनको सुरुमै अनलाइन कक्षा संचालन गरेर म लगायत सम्पूर्ण बिद्यार्थीहरुको शैक्षिक भबिस्य प्रति यति धेरै जिम्मेवारी बहन गरेकोमा कलेज परिवारलाई हृदय देखिनै धन्यवाद दिन्छु” ।

यसरी यो एकेडमीले लकडाउनमा पनि आफ्ना सवै छात्र छात्रालाई पढाउने, होमवर्क दिने, चेक गर्ने र क्रियटिभ प्रिजेन्टेशन गराउने जस्ता काम गरेर परिस्थतीलाई बस्तुगत धरातलमा उतारेको छ ।
विगतका बर्षहरुमाझैँ गतबर्ष पनि उत्कृष्ट नतिजा ल्याएको यश एकेडेमीको आगामी बर्षको नतिजामा पनि कुनै कमि हुन नदिने अध्यक्ष थापाले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार