देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रामेछापमा नेबिसंघको सरकार बिरोधी प्रदर्शन

0

(रामेछाप) – कम्युनिस्ट सरकार भ्रष्ट्राचारमा चुर्लुम्म डुबेको भन्दै रामेछापको मन्थलीमा राँके जुलुस निस्किएको छ । शुक्रबार साँझ निस्किएको राँके जुलुससँगै पिसिआर परिक्षाणलाई प्राथमिकता दे, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्ट्राचार बन्द गर, केपी ओली राजिनामा दे लगायतका नारा लगाएका थिए ।

जुलुस नेविसंघका पूर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलको नेतृत्वमा भएको थियो । पुर्व जिल्ला अध्यक्ष रामकृष्ण खड्का, तरुणदल रामेछापका उपाध्यक्ष बासु फुयाल, कोषाध्यक्ष जीवन कार्की, नेविसंघ रामेछापका सचिव सुन्दर घिमिरे, कोषाध्यक्ष युवराज सुवेदी, सहसचिब बिमल पौडेल, क्षेत्र नं १ का क्षेत्रिय सभापति धिरोज खत्री, मन्थली क्याम्पस सभापति सन्तोश सुवेदी, लगायत तरुण विद्यार्थीको सहभागिता रहेको थियो ।

वीपीचोकबाट निस्किएको राँके जुलुस कटहरबोटमा पुगेर टुङ्गिएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार