देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कालापानीबाट भारतीय सेना फिर्ता गर्ने हाम्रो मूल लक्ष्य : सांसद अधिकारी

0

(काठमाडौं) – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता पठाउनु अहिलेको मूल लक्ष्य रहेको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सांसद सो क्षेत्रमा नागरिक शासन कायम गर्नका लागि भारतीय सेना फिर्ता पठाउनु अहिलेको मूल लक्ष्य रहेको बताएका हुन् ।

अधिकारीले भारतसँग वार्ता मार्फत कालापानीमा नेपालको भोगाधिकार कायम गर्ने लक्ष्य लिनुपर्ने उनले बताए । उनले अद्यावधिक नक्सा संविधानको निशान छापमा राख्न आएको विधेयक कांग्रेसले समर्थन गर्ने बताए ।

उनले सीमा समस्या समाधान नहुञ्जेल संयमित भएर अभिव्यक्ति राख्नु पर्ने पनि बताए । खासगरी लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई विवादित क्षेत्र भनेर स्वीकार गर्दै आएको भारतले नयाँ नक्सा जारी गरेर यो विषयलाई सतहमा ल्याएको उनले बताए ।

नेपालले पटक–पटक वार्ताको प्रस्तााव गर्दा पनि बेवास्ता गर्दै भारतले मानसरोवर जाने बाटो उद्घाटन गरेपछि बाध्य भएर नेपालले नयाँ नक्सा सार्वजनिक गर्नु परेको उनको भनाइ छ ।

अधिकारीले भने, ‘भारतले नेपाली भूभागलाई समेत समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालको संसदमा कुरा उठ्यो । नागरिकस्तबाट दबाव आयो, नागरिकले आफैं नक्सा जारी गरे । नेपालले निरन्तर कूटनीतिक वार्ताका लागि आग्रह गरिरह्यो । तर, वार्ता हुन सकेन । कोभिड १९ को महामारीको बेला दिल्लीबाट लिंक रोड उद्घाटन गर्ने काम भयो । यसरी आगोमा घिउ थप्ने काम ग¥यो ।’

सांसद अधिकारीले वार्तामा जानका लागि नेपालको तर्फबाट बोलीमा संमयमता अपनाउन गरुरी रहेको पनि बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार