देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेकपा कर्णालीको संसदीय दलको बैठक कात्तिक ७ गते

0

सुर्खेत – नेकपा कर्णाली प्रदेशको संसदीय दलको बैठक आगामी कात्तिक ७ गते बस्ने भएको छ । नवनियुक्त प्रमुख सचेतक सीता नेपालीले दलको बैठक कार्तिक ७ गते विहान ११ बजे बस्ने गरी बोलाएको बताईन ।

मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता महेन्द्रबहादुर शाही विरुद्ध नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णाली प्रदेशमा विवाद आइरहेका बेला नवनियुक्त प्रमुख सचेतक नेपालीले दलको बैठक आह्वान गरेकी हुन् ।

दलका नेता शाहीले गुलावजंग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएर नेपालीलाई जिम्मेवारी दिएका थिए । निर्णय हिजो नै भएपनि पत्र आज मात्र प्राप्त भएको प्रमुख सचेतक नेपालीले जानकारी दिए ।

हिजो १८ जना सांसदले संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव बुझाएपछि शाहले भोलि १ बजेको लागि बैठक बोलाइएको थियो । तर दलको विधानको दफा ७ प्रयोग गर्दै मूख्यमन्त्री शाहीले शाहलाई प्रमुख सचेतको जिम्मेवारीबाट हिजै हटाइसक्नु भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार