देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तिलोत्तमामा ६० बिघा खेतमा सामूहिक आलु खेती सुरु

0

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यस वर्षबाट ६० बिगाहा क्षेत्रफलमा आलुको सामूहिक खेती थालिएको छ । कोरोना महामारीमा स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्दै आलुको उत्पादन बढाउन भन्दै नगरपालिकाले किसानलाई व्यवसायिक आलु खेतीतर्फ लगाएको हो ।

नगरपालिका र यूएनडीपीको दुई/दुई करोड रुपैयाँ लागतमा प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आलु परियोजना सञ्चालन गरेको हो । किसानलाई ज्ञान, सीप तथा प्रविधिमा सहयोग पुर्‍याउन सहकारी मार्फत आलुको व्यवसायिक खेती परियोजना सञ्चालन गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

परियोजनाले समूहलाई आलुको ड्याङ्ग बनाउने, उकेरा लगाउने, फसल खन्ने लगायत काममा प्रयोग हुने १७ लाख मूल्य बराबरका ११ वटा पावर ट्ेरलर मेसिन उपलब्ध गराएको छ । विभिन्न वडाका २० वटा समूह सामूहिक आलु खेतीमा आवद्ध रहेको सहकारी संस्थाकी अध्यक्ष सीता न्यौपानेले बताईन् ।

परियोजना मार्फत किसानलाई अनुदानमा बीउ, मलखाद, कृषि उपकरण उपलब्ध गराएको छ । यस्तै, किसानलाई आलु खेतीको बारेमा आवश्यक ज्ञान, सीप प्रदान गर्न कृषि प्राविधिक तथा विज्ञ नियुक्त गरिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार