देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ट्रम्प अमेरिकी इतिहासकै सबैभन्दा गैरजिम्मेवार राष्ट्रपति : जो बाइडन

0

काठमाडौं – अमेरिकाको ४६ औंँ राष्ट्रपतिमा निर्वाचित जो बाइडनले वर्तमान डोनल्ड ट्रम्पलाई अमेरिकी इतिहासकै सबैभन्दा गैरजिम्मेवार राष्ट्रपति भएको आरोप लगाएका छन् ।

कोरोना भाइरस सङ्कट बारे डेमोक्र्याट र रिपब्लिकन दुबै पार्टीका गभर्नरहरूसँग भएको भर्चुअल बैठकपछि बोल्दै बाइडनले ट्रम्पलाई अमेरिकी इतिहासकै सबैभन्दा गैरजिम्मेवार राष्ट्रपति भएको बताएका हुन् ।

बाइडनले ट्रम्पलाई आफू चुनाव जित्दिन भन्ने थाहा भएको र उनले आश्चर्यजनक रुपमा गैरजिम्मेवारी देखाएको बताएका छन् ।

उनले भने, “राष्ट्रपतिले लोकतन्त्रले कसरी काम गर्छ भन्नेबारे बाँकी विश्वमा अविश्वसनीय रूपमा हानिकारक सन्देश पठाइरहेका छन्। र, उनलाई अमेरिकी इतिहासको सबैभन्दा गैरजिम्मेवार राष्ट्रपतिका रूपमा सम्झिइनेछ ।”

जो बाइडनले ट्रम्पद्वारा चुनाव हारेको स्वीकार नगर्नुलाई निन्दा गर्दै यसले एउटा देशका रूपमा एकदमै भयानक सन्देश प्रवाह गरेको समेत बताएका छन् । बाइडनले महामारीका बेला एकजुट हुन अमेरिकीहरूलाई आह्वान पनि गरेका छन् ।

ट्रम्पले अहिलेसम्म हार स्वीकारेका छैनन् र विभिन्न राज्यमा मतपरिणाम विरुद्ध मुद्दा हालेका छन् । उनले आफ्नो रणनीति परिवर्तन गर्न अहिले ह्वाइट हाउसमा राज्यका विधायकहरूलाई पनि बोलाएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार