देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्न निर्देशन

0

काठमाडौं – उखु किसानको बक्यौक्ता भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय सरकारले गरेको छ । मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले किसाको बक्यौक्ता भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्दयश त्रिपाठी बैठक बसेको थियो ।

बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र नेपाल प्रहरीका एक एआइजी पनि सहभागी थिए । चिनी मिललाई बिक्री गरेको उखुको भुक्तानी नदिएको भन्दै अहिले सलार्हीका किसानहरूले मंगलबार तेस्रो दिन पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार