देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

0

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण यसअघि कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीले आगामी १६ गतेदेखि परीक्षा दिन पाउने भएका छन् ।

कोरोनाको कारण यसअघि परीक्षा दिन नपाएका विद्यार्थीलाई फेरि परीक्षा दिन पाउने गरी राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेको हो ।

पुस १६ गतेदेखि सम्बन्धित विद्यालयमै मौका परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा गएको मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

कोरोना महामारीका कारण कतिपय विद्यार्थी परीक्षामा सामेल हुन सकेका थिएनन् । सबै वा केही विषयको परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई सम्बन्धित विद्यालयमा सञ्चालन हुने परीक्षामा सहभागी हुन बोर्डले आग्रह गरेको छ ।

आ–आफ्नो मातहतमा रहेका विद्यालयहरुलाई जानकारी गराउन बोर्डले प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरुलाई निर्देशन दिएको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार