देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

त्रिवीमा जारी विद्यार्थी आन्दोलनमा सिन्धुपाल्चोक नेबिसंघको ऐक्यबद्धता

0

काठमाडौं – त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय इकाईले विगत बीस दिनदेखि जारी राखेको रिले अनशनमा नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकले एक्यवद्धता जनाएको छ ।अनशन स्थल त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यलय गेट अगाडि पुगेर ने.वि.संघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष दावा ग्याल्वु लामा विघटित प्रतिनिधि सभा सदस्य प्रकाश स्नेही नेपाल विद्यार्थी संघका पुर्व महामन्त्री मनोज मणि आचार्य ने.वि.संघजिल्ला सहसचिव रमेश थापा,चौतारा बहुमुखी क्याम्पस इकाई सभापति अनिलकुमार सापकोटा लगाएतको टोलि पुगेर एक्यवद्धता जनाएका हुन् ।

नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय इकाईले तत्काल स्व.वि.यु निर्वाचनको मिति घोषणा गर्नुपर्ने ,कोभीड १९ को कारण रोकिएको परिक्षा र त्रि.वि को परिक्षा एक महिना भित्र हुनुपर्ने लगाएतको विभिन्न पाँच बुँदे माग राखेर अनशन सुरु गरेको हो ।

यस अनशनलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ,महामन्त्री डा.शशांक कोइराला , पुर्व उप-प्रधानमन्त्री एंव महामन्त्री प्रकाशमान सिंह ,नेता अर्जुननर सिंह केसि लगाएतका नेताहरू सहित सयौं विद्यार्थी नेताहरूले ऐक्यवद्धता जनाएको विद्यार्थी नेता गिरिराज कटुवाल ले जानकारी दिए ।

उक्त अनशनको नेतृत्व ने.वि.संघ त्रीवी सभापति डा. श्यामचन्द्र अधिकारीले गरेका छन भने समन्वय ने.वि.संघ पुर्व कोषाध्यक्ष शिव रिमाल र केन्द्रिय सदस्य प्रेमिका रानामगरले गरेका छन ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार