देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित

0

काठमाडौँ – नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो ।

पोख्रेलले प्रधानमन्त्री केपी ओली पक्षधर नेकपा एमालेको प्रेस चौतारी नेपालबाट उम्मेदवार बनेकी निर्मला शर्मालाई फराकिलो मतान्तरले पराजित गरेका छन् ।

पोखरेलले ६ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गरिन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन् । महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएकी छन् ।

समावेशी उपाध्यक्षमा पोख्रेल समूहका उदय जिएम निर्वाचित भएका छन् । महासचिवमा भने रोशन पुरी विजयी भएको निर्वाचन समितिले जनाएको छ । खुला सचिवमा गोविन्द्रप्रसाद चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल विजयी बनेकी छन् । आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् ।

सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् । यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छ्न् । लेखा समिति सदस्यमा छविलाल तिवारी विजयी भए । खुला सदस्यमा बासुदेव शर्मा, माधव पौडेल, रमेश खतिवडा र शिवराज खत्री विजयी भएका छन् ।

त्यस्तै सरिता तिम्सिना (खस-आर्य महिला), ललिताकुमारी साह (मधेसी), शान्ति आङबुहाङ (आदिवासी जनजाति), सरिता बराइली (महिला-दलित), भीषण राई (आदिवासी जनजाति), सञ्चकुमारी लामा तामाङ (आदिवासी जनजाति महिला), प्रकाश धौलाकोटी (दलित), राधा नेपाली (महिला दलित), सुवासप्रसाद साह (सदस्य मधेसी), रिंकुकुमारी मिश्र (मधेसी महिला), नवीन रिजाल (अपांगता), इफ्तखार हसन (इकवाल अहमद) (अल्पसंख्यक) तर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

महासंघको केन्द्रीय निर्वाचनमा कांग्रेस निकट नेपाल प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस संगठन र नेकपा एमाले माधव कुमार नेपाल पक्षधर प्रेस चौतारीको चुनावी तालमेल थियो ।

               

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार