कांग्रेसका नेता आलमको केएमसीको ‘आईसीयू’मा उपचार हुँदै

83

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ ।

आलमको मिर्गौलामा संक्रमण देखिएपछि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको जनाइएको छ । उनी विगत लामो समयदेखि मिर्गौलाको डायलाइसिसमा थिए ।

विगतमा रौटहतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनले केही समय वन तथा वातावरण र श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी समे सम्हालेका थिए ।

समाचार वर्गहरू