मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त, सुरेन्द्रलाई नियुक्त गर्न सिफारिस

89

काठमाडौं – सरकारले मधेश प्रदेशकी प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरेर सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए।

गत शनिबार मधेश प्रदेशको मुख्यमन्त्री पदबाट जितेन्द्रप्रसाद सोनार (सोनल)ले राजीनामा दिएपछि सोमबार बिहान ४ बजे बर्दिबासको पानस होटल प्रदेश प्रमुख भण्डारीले एमालेका सरोजकुमार यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन् ।

यसपछि उनी विवादमा तानिएकी थिइन् । उनको यो निर्णयसँगै मधेशमा आक्रोशीत भिडले प्रदेश प्रमुखको कार्यालय तोडफोड गरेका छन् ।

समाचार वर्गहरू