पैसा तिरेपछि जगदम्बा स्टिलमा जोडियो बिजुली

82

काठमाडौं – जगदम्बा स्टिलले विद्युत् बक्यौताको पहिलो किस्ता बुझाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, बुधबार कम्पनीले डेडिकेटेड तथा ट्रंकलाइन सम्बन्धी बक्यौताको पहिलो किस्ता तिरेको हो ।

प्राधिकरणका अनुसार जगदम्बा स्टिल सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो, जसको कुल बक्यौता एक अर्ब ६० करोड १८ लाख रुपैयाँ रहेको छ ।

बक्यौता रकमलाई २८ किस्तामा विभाजन गरिएको र त्यसअनुसार कम्पनीले पहिलो किस्ताका रूपमा पाँच करोड ७२ लाख ९ हजार रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ ।

पहिलो किस्ता बुझाएपछि गत ४ कात्तिकमा विच्छेद गरिएको जगदम्बाको बिजुली लाइन बुधबार साँझ जोडिएको पनि प्राधिकरणले जानकारी दिएको छ ।

समाचार वर्गहरू