मधेश प्रदेशका सभामुख मण्डलद्वारा पाँच प्रदेशसभा सदस्य पदमुक्त

48

काठमाडौं – मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गरेका छन् । लगातार १० वटा प्रदेशसभा बैठकमा अनुपस्थित रहेका भन्दै उनले प्रदेशसभा सदस्यहरुलाई पदमुक्त गरेका हुन् ।

पदमुक्त गरिएका प्रदेशसभा सदस्यहरूमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह तथा जनता समाजवादी पार्टीका मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार र शारदा शङ्करप्रसाद कलवार रहेका छन् ।

प्रदेशसभा सचिवालयले सूचना निकालेर नेपालको संविधानको धारा १८० (घ) र प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम पाँचै प्रदेशसभा सदस्यहरूको पद स्वतः रिक्त भएको जनाएको छ ।

सात वटा दलले हिजो सभामुख मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता गरेपछी कारबाहीस्वरुप सभामुख मण्डलले पाँच जना सांसदलाई पदमुक्त गरेका हुन् ।

समाचार वर्गहरू