समानुपातिकका सबै सिट खारेज गर्न जेन–जीको माग

140

काठमाडौं – जेन–जी युवाहरूले प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिक सिट खारेज गर्न माग गरेका छन्।

समानुपातिक सिटको दुरुपयोग भएको, अल्पसंख्यक गरिबभन्दा धनी र पहुँचवालाले फाइदा लिएको, कुनै पनि वेला पार्टीले हटाउन सक्ने डरले सशक्त आवाज उठाउन नसकेको भन्दै युवाहरूले समानुपातिक सिट खारेज गरी प्रत्यक्षतर्फ नै आरक्षण सिट तोक्नुपर्ने धारणा राखेका हुन्।

बागमती प्रदेश सुशासन केन्द्रले आइतबार आयोजना गरेको ‘संघीय लोकतान्त्रिक गणतन्त्र ‘चुनौती र अवसर’ अन्तरसंवाद कार्यक्रममा जेन–जी अगुवा माजिद अन्सारीले भने ‘२७५ प्रतिनिधिसभालाई १६५ कायम गरौँ। समानुपातिकतर्फ ११० हटाऔँ,१६५ मध्ये ८५ खुला र ८० सिटलाई समावेशीमा बाँडौँ। समावेशितालाई चक्रीय प्रणालीमा चलाऔँ।’

यो अभ्यास भारतमा सफल भइसकेको उल्लेख गर्दै उनले थपे, ‘यसले आरक्षण पनि सुनिश्चित हुने र सशक्त आवाज उठ्छ। अहिले समानुपातिकबाट आएकाले खुलेर बोल्यो भने पार्टीले हटाइदेला भन्ने त्रास छ,’ अन्सारीले भने।

जेनजी मुभमेन्ट अलायन्सका रिजन रानामगरले आरक्षणमा वरिपरीको मान्छे छान्ने, सम्पत्ति वालाबाट दुरूपयोग भइरहेको भन्दै सोच्ने बेला आएको बताए।

समाचार वर्गहरू