बागमती प्रदेशमा एमाले भन्दा ठूलो दल नेपाली कम्युनिस्ट पार्टी

121

काठमाडौं – बागमती प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टीले नेकपा एमाले भन्दा ठूलो दल बनेको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका कम्युनिष्ट घटक र दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको हो ।

११९ स्थानीय तह रहेको बागमती प्रदेशमा ११० सदस्यीय प्रदेश सभा छ । २३८ स्थानीय तहका प्रमुख र उपप्रमुख छन् ।

प्रदेश सभामा ३७ सिटसहित कांग्रेस पहिलो दल छ । एमाले २७ सिटसहित दोस्रो दल रहेकोमा अब नेपाली कम्युनिष्ट पार्टीको २८ सिट भएको छ ।

तत्कालीन माओवादी केन्द्रका २१ र एकीकृत समाजवादीका ७ सिट एकीकरणपछि २८ सिट पुगेको हो । बागमतीमा राप्रपा १३, नेमकिपा ३, हाम्रो नेपाली पार्टीका २ प्रदेश सांसद छन् ।

समाचार वर्गहरू