प्रधानमन्त्रीको आव्हानमा आज बालुवाटारमा सर्वपक्षीय बैठक

68

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा आज सर्वपक्षीय बैठक बस्दैछ ।

शुक्रबार अपरान्ह ४ बजे बालुवाटारमा बस्ने गरी बैठक डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रमुख ५ राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुख सहभागी रहनेछन् । कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालाई आजको छलफलका लागि निम्त्याइएको छ ।

माघ ११ को राष्ट्रियसभा र फागुन २१ मा हुने प्रतिनिधिसभाको चुनावमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

समाचार वर्गहरू