कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

78

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ ।

हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार उनको निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिए ।

उनका अनुसार मृतक थापाको बिहिबारनै पशुपती आर्यघाटमा अन्त्येष्टी गरिएको छ । वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शुक्रबार शोक विज्ञप्ति जारी गरी शोक बिदा दिएको छ ।

पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिएको नगरपालीकाले जनाएको छ । रासस

समाचार वर्गहरू