हर्क साम्पाङको श्रम संस्कृति पार्टीका उपाध्यक्ष प्रहरी खोरमा

138

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राज कुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ ।

विश्वक्रान्ति, कुमार र देवराज लामा भनेर चिनिने ५० वर्षीय लामालाई मंगलबार काठमाडौंको कपनबाट पक्राउ गरिएको सीआईबीका एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए ।

२०६८ मा काठमाडौँको बबरमहलमा भएको बम विस्फोटमा संलग्न मुद्दामा जेलबाट छुटेका लामा अहिले पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका हुन् ।

२०६९ असारमा पाँचथरको भुसपातेमा उनलाई प्रहरीले विस्फोटक पदार्थ सहित पक्राउ गरेर काठमाडौँ पठाएको थियो ।

उनी विरुद्ध पाँचथरमा दर्ता भएको मुद्दा विचाराधीन अवस्थामा रहेको भेटिएपछी उनलाई सीआईबीले थप अनुसन्धानको लागि पाँचथर पठाएको छ ।

समाचार वर्गहरू