काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।
निर्वाचन कार्यतालिका अनुसार मंगलबार नै मतदान हुनुपर्ने भए पनि एक दिन सारिएको हो । मतदानका लागि प्रतिनिधिहरू भृकुटीमण्डपमा लाइनमा बसिसकेका बेला मंगलबार साँझ प्रविधिक कारण देखाउँदै ७ बजे मतदान सारिएको थियो ।
मतदान आज बिहान ८ बजे सुरु गर्ने तयारी गरिएको छ । मतदान भृकुटीमण्डपमै हुनेछ तर हल परिवर्तन गरिने जनाइएको छ ।
एमालेले इलेक्ट्रोनिक भोटिङ गर्न लागेको छ । प्राविधिकि रूपले मेसिन जडान गर्ने काम मंगलबार नै सकिएको थियो ।
मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।
नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।