रास्वपा उपसभापति बने कुलमान, करिब १७ प्रतिशत हिस्सा पाउने

78

काठमाडौँ — ऊर्जामन्त्री कुलमान घिसिङ रास्वपामा उपसभापति बन्ने भएका छन् ।

सोमबार रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन्द्र शाह र घिसिङबीच भएको वार्तामा तीनै जना एकठाउँमा हुने सहमति भएको छ ।

घिसिङले सोमबार नै निर्वाचन आयोगमा बुझाइने समानुपातिक सूचीमा करिब १७ प्रतिशत हिस्सा पाउनेछन् । त्यसअनुसार कुलमान पक्षबाट कम्तीमा १८ जनाको नाम रास्वपाबाट बुझाउने समानुपातिक सूचीमा थपिनेछ ।

यसअघि उनलाई रास्वपाले १० प्रतिशत दिने प्रस्ताव गरेको थियो । तर, उनले ३० प्रतिशत चाहिने अडान राख्दै आएका थिए । यसअघि बालेन्द्र पक्ष र रास्वपाले आन्तरिक निर्वाचनमार्फत छानेका नाम समेटेर निर्वाचन आयोगमा सूची बुझाउने तयारी थियो ।

जेनजी अगुवा सुदन गुरुङकै पहलमा सोमबार उर्जा मन्त्री कुलमान घिसिङ र रास्वपाका सभापति रवि लामिछानेबीच भएको भेटवार्तापछि दुवै एउटै दलबाट निर्वाचनमा जान सहमत भएका हुन् ।

सामाजिक सञ्जालमार्फत गुरुङले भनेका छन्, ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाइ छोडिम र इतिहासले सम्झनेछ। रवि, बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्।’

समाचार वर्गहरू