राप्रपा कार्यालयमा तनावः अनशन बसेकी नेतृमाथि हातपात

20

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यालयमा आज पनि तनाव उत्पन्न भएको छ । आमरण अनशनमा बसेकी नेतृ नानीमैया आचार्यलाई बाहिर निस्किन दवाव दिइएपछि तनाव भएको हो । पार्टी केन्द्रीस्य समेत रहेकी आचार्यले राप्रपाको बन्दसूचीमा संसोधन गर्न माग गर्दै चार दिनदेखि आमरण अनशनमा बसिरहेकी छन् ।

आज पार्टी संस्थापन पक्षीय महिलाहरुको एक समूह गएर कार्यालयबाट निस्किन दवाव दिएको र हुलहुज्जत गरेको जनाइएको छ । अनशनस्थलमै रहेकी नेतृ चम्पा अधिकारीले भनिन्, ‘केही नेतृहरु आएर अनशन बसिरहनुभएकी नानीमैया आचार्यमाथि हातपात र दुव्र्यवहार गर्नुभएको हो ।

शान्तिपूर्ण सत्याग्रहमा बस्दा अमानवीय हर्कत गरियो ।’ अध्यक्ष राजेन्द्र लिङदेनले नै महिला टोली पार्टी कार्यालयमा पठाएको उनले दावी गरिन् । राप्रपाको महिला संगठनकी महासचिव कुमारी स्याङताङ, कोषाध्यक्ष नारायणी राई, बिमला चिमोरिया श्रेष्ठ, रिना लखार्जु, अन्जु सुबेदी लगायत घटनामा संलग्न रहेको बुझिएको छ ।

समाचार वर्गहरू