काठमाडौं । नेपालमा भू–राजनीतिक खेल तीव्र भएका बेला चिनियाँ उच्चस्तरीय टोली नेपाल आउने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्रास्ट्रिय विभाग अन्तरर्गत नेपाल मामिला प्रमुख झेङ युया नेतृत्वको तीन सदस्यीय टोली नेपाल आउन लागेको हो । प्रतिनिधिमन्डल ३ दिने भ्रमणको लागि आगामी हप्ता नेपाल आउन लागेको हो ।
नेपालको राजनीतिक अवस्था तरल र जटिल मोडमा रहेको वेला हुन लागेको यो उच्चस्तरीय भ्रमणलाई महत्वकासाथ हेरिएको छ । जेनजी विद्रोहपछि नेपालमा पश्चिमा शक्तिको प्रभाव बढेको चीनको बुझाइ छ । चीनले नेपालका हरेक राजनीतिक दलहरुसँग समान व्यवहार गर्न चाहेको बताउँदै आएको छ ।