रातिसम्म मिलाउँछौं, अन्यथा निर्णयमा किन जाने ? – देउवा

70

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा समझदारी गरेर जानुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग सभापति देउवालाई उदृत गर्दै प्रवक्ता प्रकाशशरण महतले समझदारी बन्छ भने अन्यथा निर्णयमा किन जाने भनेर बताएको उल्लेख गरेका हुन् ।

बैठकपछि महतले भने, ‘पार्टीलाई मजबुत गर्ने बाटोमा जानुपर्छ । अझै पनि रातिसम्म पनि समझदारी बन्छ भने अन्यथा निर्णयमा किन जाने भन्ने पार्टी सभापतिको भनाइ छ ।’

महतले भोलिसम्म छलफलले निष्कर्ष निकाल्ने पनि बताए । ‘भोलिसम्म सकरात्मक हुन्छ भन्ने आशा छ । पार्टी विभाजनमा लगेर कसैलाई फाइदा छैन । नेपाली जनता, पार्टी र देशलाई नै फाइदा छैन,’ महतले भने, ‘देशलाई जोगाउने भनेको नयाँ पार्टीले पनि सक्दैन । पुराना अन्य पार्टीले पनि सक्दैनन् । सक्ने भनेको कांग्रेसले मात्रै हो ।’

उनले महामन्त्रीहरूलाई अनुरोध गर्दै थपे, ‘अहिले अन्यथा बाटोमा जाने बेला होइन । सबै साथीहरूको भावनालाई कदर हुन्छ, पार्टी एकताबद्ध भएर जाँदा सबैको सम्मान हुन्छ । उहाँहरूको योग्यता क्षमता छ त्यसको प्रयोग यहाँ हुन्छ ।’

समाचार वर्गहरू