शिक्षामन्त्री महाबीर पुनद्वारा पदबाट राजीनामा

6

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’

यसअघि ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका थिए । घिसिङ, खरेल र गुप्ता २१ फागुनको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्दैछन् । पुनले भने यसबारे केही बताएका छैनन् । उनको राजीनामा स्वीकृत भइसकेको छ भने उनले स्वतन्त्र रूपमा म्याग्दीबाट उम्मेदवारी दर्ता गरेका छन् ।

समाचार वर्गहरू