राप्ती प्रतिष्ठानको तत्कालीन उपकुलपति भण्डारीद्वारा भ्रष्टाचार

9

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सीटी स्क्यान मेसिन खरिद प्रकरणलाई लिएर तत्कालीन उपकुलपति प्राडा संगीतासिंह भण्डारीसहित १९ जना र एक कम्पनीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा भण्डारीसहितका पदाधिकारी र कर्मचारी तथा खरिद प्रक्रियामा संलग्न निजी कम्पनीका प्रतिनिधि छन् ।

उनीहरूसँग ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रूपैयाँ बिगो दाबी गरिएको छ । प्रतिवादी बनाइएकाहरूमा तत्कालीन उपकुलपति भण्डारी, रजिष्ट्रार कैलाशप्रसाद देव, तत्कालीन निर्देशक डा। सागर पन्थी, रेडियोलोजी विभाग प्रमुख डा. बोम बीसी, बायोमेडिकल इन्जिनियरहरू शरद भण्डारी र आशुतोष भण्डारी, कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, हिमालयन मेडिटेक प्रालि कम्पनी र यसका प्रतिनिधि अमर श्रेष्ठ र सन्जु राजकर्णिकारलगायत रहेको अख्तियारले जनाएको छ ।

प्रतिष्ठानका लागि ‘१२८ स्लाइस सीटी स्क्यान मेसिन’ खरिद गुरुयोजना र आवश्यकताको पहिचान नै नगरी मेसिन खरिद प्रक्रिया अगाडि बढाइएको, बोलपत्र खोल्नुपूर्वको बैठकबाट प्राविधिक स्पेसिफिकेसनमा अस्वाभाविक संशोधन गरी कुनै निश्चित कम्पनीलाई फाइदा पुग्ने गरी काम गरिएको, गुणस्तरीयताको गलत प्रतिवेदन बनाइएको उनीहरूमाथि अभियोग छ ।

समाचार वर्गहरू