मुलपानीमा गोली हानेर समातिएका १० लुटेरा सार्वजनिक

96

काठमाडौं । काठमाडौंको मूलपानीमा गोली हानेर समातिएका १० लुटेराहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेको सूची अनुसार अधिकांश अपराधिक पृष्ठभूमिका छ ।

पक्राउ पर्नेहरूमा काभ्रेको भुम्लु गाउँपालिका–३ घर भएका २३ वर्षीय विनय तामाङ, सिन्धुली मरिण गाउँपालिका–५ का २४ वर्षीय आयन माझी, मरिण ७ का ३२ वर्षीय सविन माझी, खोटाङ ज्वलेर्समा काम गर्ने मोरङ पथरीका २३ वर्षीय मनिस रमाइली, काभ्रेको चौरी देउरालीका १ का २९ वर्षीय पेमा तामाङ, चौरी देउराली १ कै २० वर्षीय सलोन तामाङ, काभ्रेको भुम्लु १ का १८ वर्षीय राजिब भण्डारी, रामेछापको दोरम्भा ८ का ३२ वर्षीय बिशाल तामाङ, खोटाङ घर भएका सुनचाँदी कालिगढ २८ वर्षीय बिदुर विश्वकर्मा र सिन्धुपाल्चोकको लिसंखुपाखर ३ का २९ वर्षीय फुर्वा तामाङ छन्  ।

यो समूहले विगतदेखिनै रातिको समयमा एक्लै हिँडेका व्यक्तिहरुलाई लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू