अबकी बार सय पारको नारा लगाउनुस् : कांग्रेसका सभापति गगन थापा

39

कास्की  । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने नै भए अबकी बार सय पारको नारा लगाउन आग्रह गरेका छन्। कास्कीको पोखरामा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले अब कांग्रेसले नै मुलुकको एकल नेतृत्व सम्हालेमात्र देश बन्ने दाबीसहित अबको सरकार कांग्रेसको मात्र नभनी अब सय पार गर्ने गरी मत माग्नुपर्ने बताएका हुन्।

उनले यो सम्भव भएको दाबीसहित भने, ‘मैले साथीहरूलाई भनेको छु मधेसका जाँदै गर्दा अबकी बार कांग्रेसको सरकार भन्ने नारा लगाउन छोडिदिनुस् नारै लगाउने भए अबकी बार सय पार भनेर नारा लगाउनुस्।’ उनले अगाडि भने, ‘त्यहाँ पुर्‍याउने हो यसपालि।

मज्जाले जाने हो। सकिन्छ पुग्न। मज्जाले सकिन्छ। बहुमतसम्म पुग्न सकिन्छ।’ सभापति थापाले यसका लागि नेता कार्यकर्ताले दुःख भने गर्नुपर्ने बताए। उनले भने, ‘मिहिनेत गर्नुपर्नेछ। पार्टीको प्रत्येक सदस्यले म उम्मेदवार हुँ भन्ने ठानेर ल मिहिनेत गरौँ त एकपटक।

१० लाख क्रियाशील भएको पार्टी हो यो। वडा वडा टोल टोलमा संगठन गर्ने पार्टी हो यो।’ उनले अन्तिममा फेरि आग्रह गर्दै भने, ‘हामी आफ्नो तागत, हामीसँग भएको तागतलाई सम्झौँ बुझौँ।

तल्लो तहसम्म जाऔँ र गएर भनौँ हामी देश सम्हाल्छौँ पनि हामी व्यवस्थालाई सुधार्छौँ पनि। हामी बदलिएर आएका छौँ। बदलिएर आएको कांग्रेसले देशलाई बदल्छ पनि। यही विश्वास लिएर तल्लो तहसम्म तपाईंहरू तल्लो तहमा जानुहुन्छ भन्ने विश्वास छ।

समाचार वर्गहरू