आफू चुनाव प्रचारका लागि नभई देश बनाउने संकल्प दोहो¥याउन आएको हुँ : एमाले अध्यक्ष ओली

5

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिताप्रति सचेत रहेको र आफू चुनाव प्रचारका लागि नभई देश बनाउने संकल्प दोहो¥याउन आएको बताएका छन् । झापामा आयोजीत धार्मिक अनुष्ठानलाई सम्बोधन गर्नेक्रममा उनले सो कुरा बताएका हुन ।

उनले आचार संहिताका कारण आफूले चाहेर पनि पुराणमा दान गर्न नमिल्ने बाध्यता ।रहेको समेत बताएका छन् । उनले सो कार्यक्रममा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा प्राचीन नेपाली सभ्यता र वेदको मर्मबाट निर्देशित भएको बताएका छन् । धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल ५ हजार वर्ष पुरानो गौरवशाली इतिहास भएको देश भएको र यहाँको ज्ञान–विज्ञानको परम्परा विश्वकै अग्रणी रहेको दाबी गरे ।

उनले ‘सर्वे भवन्तु सुखिनः’ भन्ने मन्त्रलाई नै आधुनिक युगमा समृद्धिको आधार बनाइएको उल्लेख गरे । सम्बोधनका क्रममा ओलीले ‘हिन्दु राष्ट्र’ र ‘सनातन धर्म’ बीचको भिन्नता प्रस्ट्याउँदै सनातनलाई नेपालको मूल सभ्यता र पहिचानका रूपमा व्याख्या गरे। ‘हिन्दु राष्ट्र’ भन्ने शब्द पछिल्ला केही शताब्दीमा मात्र प्रयोगमा आएको भन्दै उनले सनातन परम्परा सबै धर्म मान्ने नेपालीहरूको साझा सम्पती भएको धारणा राखे ।

अध्यक्ष ओलीले चिकित्सा विज्ञान (सर्जरी) को शुरुवात नेपालकै भूमिबाट भएको बताउँदै ऋषि विश्वामित्र र सुश्रुतको योगदानको चर्चा गरे । उनले नेपाललाई ‘देवभूमि’, ‘तपोभूमि’ र ‘ज्ञानभूमि’ को संज्ञा दिँदै हराउँदै गएको नेपालको गौरव पुनस्र्थापित गर्ने आफ्नो संकल्प रहेको बताए । कार्यक्रममा उम्मेदवारको हैसियतमा सहभागी भएका ओलीले

समाचार वर्गहरू