स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि काभ्रेको बनेपा तनाबग्रस्त

8

काभ्रे । अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालकको मृत्यु भएको हो । दुर्घटनामा एक जना घाइते छन् । बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो ।

घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले ठक्कर दिने टिपर जलाएका छन् । प्रदर्शन अहिले पनि जारी छ ।प्रदर्शनकारीले टिपर जलाउन खोज्दा प्रहरीले अश्रु ग्याँस पनि प्रहार गरेको थियो । अहिले अरनिको राजमार्ग अवरुद्ध गरेर प्रदर्शन भइरहेको छ ।

स्थानीयलाई रोक्न केही सेल अश्रुयास र रबरको गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी प्रहरी नायव उपरीक्षक रविन विष्टले जानकारी दिए। राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ। थप विवरण आउन बाँकी रहेको छ ।

समाचार वर्गहरू