सहकारी ठगलाई कारबाही गरि पीडितको पैसा फिर्ता गर्नु पर्छ : उज्यालो नेपालका अध्यक्ष घिसिङ

5

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सहकारी ठगहरुलाई कानुनी कार्वाही गरी पीडितहरुको पैसा फिर्ता गर्नुपर्नेमा जोड दिएका छन् । सो पार्टीले भैरहवामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले मीटरब्याजी, लघुवित्त, सहकारी ठगीको काण्डले किसान र विपन्न मर्कामा परेको र पीडितहरुको समस्या समाधान गर्नका लागि आयोग गठेन गरेर दोषीमाथि कडा कारवाही गर्नुपर्ने माग समेत राखेका छन् ।

उनले सहकारी ठगीको अभियोग खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई लक्षित गरी ठगमाथि कार्वाही र पीडितको बचत फिर्ता गर्नुपर्ने बताएका छन् । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिका हजारौं बचतकर्ताको ७८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिनामा रास्वपा अध्यक्ष लामिछाने मुछिएका छन् ।

उनकै नाममा २ करोड कर्जा देखिए पनि साँवा ब्याज तिरेका छैनन् । लामिछानेबिरुद्ध रुपन्देही जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धिकरण विभागमा लगायतका मुद्धा चलिरहेको छ । पूर्वमन्त्री समेत रहेका अध्यक्ष घिसिङ लामिछाने नेतृत्वको रास्वपामा सक्रिय भएपनि समानुपातिक तर्फका उमेदवारको बन्द सूची निर्वाचन आयोगमा पेश गर्ने क्रममा बेथिति देखेपछि बाहिरिएर उज्यालो नेपाल पार्टीको नेतृत्व लिएको बताएका छन् ।

जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्न आफ्नो पार्टी स्थापना भएको जिकिर गर्दै उनले सहकारी ठगीबाट किसान र विपन्न मर्कामा परेको र पीडितहरुको समस्या समाधान गर्नका लागि आयोग गठन गरेर दोषीमाथि कडा कारवाही गर्नुपर्ने आफूहरुको एजेण्डा रहेको उल्लेख गरेका छन् ।

समाचार वर्गहरू