काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ पार्टीको नारा लिएर चुनाबी मैदानमा होमीए पनि सो पार्टीमा ८३ जना अन्य पार्टीबाट प्रबेश गरेको पाइएको छ । सहकारी लगायत सम्पत्ती शुद्धिकरण विभागमा मुद्दाको चाङ्ग लागेका विवादित व्यक्ती रवि लामिछाने सो दलको सभापति रहेका छन् ।
रास्वपाले यसअघि ‘जान्नेलाई छान्ने’ नारा लिएको थियो । सो नारा अनुसार कार्यान्वयन गर्न नसकेपछि रास्वपाले नयाँलाई छानौं भन्ने नारा दिएको छ । नयाँलाई छानौ भन्दै गाउँगाउँ गएको रास्वपामा पुराना दलबाट आएका ८३ जना उम्मेदवारहरू पुरानै अनुहारका रहेको पाईएको छ ।
सो पार्टीमा नेपाली कांग्रेसबाट वीरेन्द्र श्रेष्ठ ताप्लेजुङ, मिङ्मा शेर्पा संखुवासभा, दिनेश भण्डारी—धनकुटा, वसन्त भट्ट—रसुवा, शिशिर खनाल—काठमाडौं–६, स्वर्णिम वाग्ले—तनहुँ–१, श्रीराम न्यौपाने—तनहुँ–२, सागर भुसाल—पर्वत, विमल पन्त—पाल्पा–१, माधव थापा—पाल्पा–२, विक्रम खनाल—परासी–१, नरेन्द्रकुमार गुप्ता—परासी–२, देवराज पाठक—दाङ–१, खगेन्द्र सुनार—बाँके–३, टेकबहादुर सिंह ठकुरी—सुर्खेत, रमेश सापकोटा—सुर्खेत–२, राजेशसिंह सामन्त—दार्चुला, हरिमोहन भण्डारी—बैतडी, जनकसिंह धाम—कञ्चनपुर–१, मनीष झा—धनुषा–३, अमरेश सिंह—सर्लाही–४, गणेश धिमाल—बारा–१, रमाकान्त चौरसिया—पर्सा–३, सीताराम साह—सप्तरी–४, राज्ञमणि न्यौपाने— मोरङ–१, रुद्र गिरी—खोटाङको रहेका छन् ।
यसैगरि, नेकपा एमालेबाट सुरेन्द्र कार्की—तेह्रथुम, धनेन्द्र काकी—सिन्धुली–१, हरि ढकाल—चितवन–१, सुनील लम्साल—रूपन्देही–१, सुलभ खरेल—रूपन्देही–२, देवसिंह ऐडी—डोल्पाका रहेका छन । यस्तै, एन.के. बस्नेत—दैलेख–१, भरत पराजुली—सिन्धुपाल्चोक–१, डा.तारा जोशी—डडेलधुराबाट एमाले छोडेर रास्वपा छिरेर उम्मेदबार बनेका छन ।
यसैगरी, तत्कालिन नेकपा माओवादी केन्द्रबाट बोधनारायण श्रेष्ठ—धादिङ–२, सोबिता गौतम—चितवन–३, ललितकुमार चन्द—सल्यान, मनबहादुर शाही—पश्चिम रुकुम, आनन्द चन्द—कैलाली–५, नरेन्द्रसाह कलवार—सर्लाही–३, धीरज पटेल—रौतहट–३, रहवर अन्सारी—बारा–४ का रहेका छन ।
यस्तै, टेक शाक्य—पर्सा–४, राजन गौतम—नवलपुर–१ बाट माओबादी छोडी रास्वपा प्रबेश गरेका हुन । भने अन्य पार्टीहरूबाट रास्वपा प्रबेश गर्नेमा दीपककुमार साह—सुनसरी (ख)—जनमत पार्टी, रञ्जु दर्शना—काठमाडौं–१—विवेकशील, सुनील केसी—काठमाडौं–२—राप्रपा, पुकार बम— काठमाडौं–४—विवेकशील, विराजभक्त श्रेष्ठ—काठमाडौं–८—विवेकशीलका रहेका छन ।
यस्तै, बदनकुमार भण्डारी—काभ्रे–२—एकीकृत समाजवादी, सुरेश चौधरी—बाँके–१—माउपा, जगतप्रसाद जोशी—कैलाली–३—जनमोर्चा, डा. शम्भु यादव—सिराहा–३—जसपाका रहेका छन । यसैगरी, खडकराज पौडेल—कास्की–१—जनमोर्चा, रामविनोद साह—धनुषा–२—मधेशवादी, चन्दन सिंह—बारा–१— राष्ट्रिय जनता पार्टी, सुशीलकुमार कानु—पर्सा–२—जसपा र महेन्द्रविक्रम शाम्सुहाङ—पाँचथर—एकीकृत समाजवादीबाट रास्वपा छिरेर उम्मेदबार बनेका छन् ।