विनोद नेपाल फाउन्डेसनद्वारा रिमा सेवा समाजमा रहेका वृद्धवृद्धाहरूलाई भोजन सहित आर्थिक सहयोग प्रदान

12

काठमाडौं । बिनोद नेपाल स्मृति फाउण्डेसनले स्वर्गीय इन्जिनियर बिनोद नेपालको स्मृतिमा सामाजिक कार्यलाई निरन्तरता दिँदै विहिबार रिमा सेवा समाजद्वारा सञ्चालित वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरूलाई भोजन गराएको छ।

देशभरि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको सो फाउन्डेसनले आर्थिक वर्ष २०८२/०८३ मा रिमा सेवा समाजको वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरूलाई भोजन गराउन २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको फाउन्डेसनका अध्यक्ष डाक्टर गंगादत्त नेपालले बताएका छन् ।

उनले सो वृद्धाश्रम भवन निर्माणका लागि ५५ हजारु ५५५ रुपैयाँ समेत आर्थिक सहयोग गरेको बताएका छन् । सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ मेलम्ची नगरपालिका–६, तालामाराङमा जन्मथलो भई काठमाडौं बुढानिलकण्ठ–१२, कपन आदर्शनगर निवासी स्व. इन्जिनियर बिनोद नेपाल उच्च शिक्षा अध्ययनका क्रममा संयुक्त राज्य अमेरिकामा रहँदा सडक दुर्घटनामा परी असामयिक निधन भएको थियो । समाज र राष्ट्रका लागि केही गर्ने अठोट बोकेका उहाँको स्मृतिमा २०७७ सालमा स्थापना गरिएको थियो ।

1000051214-1772088413.jpg

फाउण्डेसनले शिक्षा, आश्रयविहीन, असहाय, अपाङ्ग, सडक बालबालिका, पारिवारिक विछोडमा परेका ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूको हितमा विभिन्न सहयोग गर्दै आएको छ। फाउण्डेसनको यो सहयोगले पनि रिमा सेवा समाजका लागि वृद्धाश्रम सञ्चालनजस्तो पुण्य कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

समाचार वर्गहरू