बर्लिन सम्मेलनको सुरक्षा परिषदद्वारा स्वागत

34
तस्वीर : एपी

रासस/बर्लिन – जर्मनीको बर्लिनमा सम्पन्न लिबिया सम्मेलनबाट निक्लिएको निष्कर्षलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले स्वागत गरेको छ । बर्लिन सम्मेलनको निष्कर्षलाई अनुशरण गर्न आगामी दिनहरुमा थप छलफल गर्ने संयुक्त राष्ट्रसंघका लागि भियतनामका राजदूत दाङ दिन्ह क्वेले बताए ।

परिषदले स्थायी युद्धविरामसहित राजनीतिक समाधानका लागि सहजीकरण गर्न तोकिएका लिबियाका लागि संयुक्तराष्ट्रका दूत घसान सलामलाई पुनः समर्थन गरेको छ । परिषदका सदस्यहरूले लिबियाका युद्धरत पक्षहरुलाई बर्लिन सम्झौता बमोजिम युद्धविरामको कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्न सलामलाई आग्रह गरेका छन् ।

लिबियामा युद्धविरामपछि राजनीतिक प्रक्रिया आरम्भ गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आह्वान गरे ।
बर्लिन सम्मेलनका सहभागीहरूबीच द्वन्द्व समाधान गर्ने, हतियारको प्रयोग रोक्ने र शान्ति स्थापनाका लागि सबैले पहल गर्ने विषयमा छलफल भएको थियो ।

आइतबारदेखि बर्लिनमा शुरु भएको यस सम्मेलनमा टर्की, रसिया र फ्रान्सका राष्ट्रपतिहरूलगायत विश्वका नेताहरू सहभागी भएका थिए । लिबियामा युद्ध अन्त्य गर्ने उद्देश्यले जर्मन चान्सलर मर्केलको संयोजकत्वमा उक्त सम्मेलनको आयोजना गरिएको हो ।

समाचार वर्गहरू