नेपालसंग जोडिएका उत्तर–दक्षिणी सिमा नाका ३ दिन बन्द

6

काठमाडौं । फाग्न २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका कारण नेपालसंग जोडिएका उत्तर र दक्षिणी सिमा नाका ३ दिन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तर्राष्ट्रिय नाका ७२ घण्टा बन्द गरेकोे जनाएको छ ।

जिल्ला प्रशासनका अनुसार पर्सा जिल्लासँग जोडिएको भारतको विहार राज्यअन्तर्गतका पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लाका सीमानाका निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बन्द गरेकोे बताइएको छ । फागुन १९ गते तराई–मधेसमा मनाइने होली पर्वलाई पनि सौहार्दपूर्ण र निर्वाचनमैत्री ढङ्गले मनाउनका लागि आह्वान गरेपनि नाका भने सिल गरिएको छ ।

यसैगरी, सोमबार मध्यरात १२ बजेदेखि लागू हुनेगरी चिनसँग सीमा जोडिएको कोरला नाका, तातोपानी नाका र रसुवा नाका पनि बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मतदानभन्दा ७२ घण्टा अगाडि अन्तर्राष्ट्रि«य नाका बन्द गर्नुपर्ने नियम अनुसार नाका क्षेत्रलाई पूर्णरुपमा बन्द गरी एकिकृत सुरक्षा योजना अनुसार कडाई गरिएको बताइएको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा रहेको नेपाल–चीन २४ नम्बरको कोरला नाका फागुन १८ गते राति १२ देखि २१ गते राति १२ बजेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एक नारायण भण्डारीले बताएका छन् ।

समाचार वर्गहरू