रुपन्देही-२ मा रास्वपाका खरेल एमालेका पौडेलभन्दा ७ हजार बढी मतले अगाडि

82

काठमाडौं – रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेलले सुरुवातदेखि नै अग्रता कायम राखेका छन्।

१० हजार ६२९ मत गन्दा सुलभले ७ हजार १५१ मत प्राप्त गरेका छन्। निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले १ हजार ६५८ ल्याएका छन्।

कांग्रेसका चुन्न पौडेलले ७३४ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका विश्वदीप पाण्डेले ३१५ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।

रुपन्देही-२ मा २०६४ सालयता एमालेका विष्णु पौडेलले निरन्तर चुनाव जित्दै आएका थिए। यहाँ कुल १ लाख ३५ हजार ५० मतदाता रहेका छन्।

जसमध्ये ८६ हजार ५३० मत अर्थात ६४.०७ प्रतिशत मत खसेको छ। मतगणना रातीदेखि बुटवल ११ स्थित निर्वाचन कार्यालयमा भइरहेको छ।

समाचार वर्गहरू