काठमाडौं – मुलुककै राजधानी रहेको काठमाण्डौ घन्टीमय भएको छ। १० वटा निर्वाचन क्षेत्र रहेको काठमाण्डौ जिल्लाका १० वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाब जितेर घन्टीमाया बनाएको हो।
काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।
काठमाडौं १ मा रञ्जु न्यौपाने(दर्शना) निर्वाचित भएकी छन् । काठमाडौं २ मा सुनिल केसीले जितेका छन् ।
काठमाडौं ३ मा राजुनाथ पाण्ड, काठमाडौं ४ मा पुकार बम निर्वाचित भइसकेका छन्। काठमाडौं ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल निर्वाचित भएका छन् ।
काठमाडौं ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौं ९ मा डोलप्रसाद अर्याल र १० मा प्रदिप विष्ट निर्वाचित भएका छन् ।