काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नहुने टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले कमजोर नतिजा ल्याएपछि निर्वाचनपूर्वकै तयारी मूल हुनुपर्ने बताए।
उनले भनेका छन्, ‘निर्वाचनपछिको समीक्षाको खास काम हुँदैन । तर भोलि के भन्नेरु प्रश्नको जवाफ खोज्न मद्दत भने गर्छ। मेरो विचारमा निर्वाचन पूर्वको समग्र तयारी मूल हो।
निर्वाचन टोटल वार हो, व्यक्तिगत हारजित सामान्य हुन्। एमालेले त्यो गुमायो। जितको भारीले जित्नेलाई नथिचोस्,हार्नेले होस नगुमाउन सबैको भलो होस।’ पार्टी अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू पराजित भएपछि उनले यस्तो बताएका हुन्।