बागमती प्रदेशमा काँग्रेसको साख जोगाउने मोहन, कम्युनिस्टको युवराज

126

काठमाडौं – बागमती प्रदेशमा प्रत्यक्षतर्फ मतगणना सकिएको छ। प्रदेशका ३३ मध्ये ३१ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका हुन्।

एक क्षेत्रमा कांग्रेस र एक क्षेत्रमा नेकपाका उम्मेदवार विजयी भए। सिन्धुपाल्चोक २ मा नेकपा र रसुवामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

रास्वपाको लहर चलेका बेला सिन्धुपाल्चोक २ मा नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल विजयी भएका छन्। २१ हजार ६९९ मतसहित उनी विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बंशलाल तामाङले १९ हजार १४६ मत पाए। दुलालले २ हजार ५५३ मतान्तरसहित विजयी भएका हुन्।

यो क्षेत्रमा एमालेका शेरबहादुर तामाङ १५ हजार ९२६ मतसहित तेस्रो भए भने रास्वपाका झलक कुमार श्रेष्ठले १४ हजार १९ मत प्राप्त गरे।

विजयी हुने दुलाल यसअघि प्रदेशमन्त्री समेत भएका थिए। अहिले प्रदेससभाबाट राजिनामा दिएर संघिय संसद लडेका दुलाल नेकपा बाट विजय भएका हुन् ।

 

समाचार वर्गहरू