रास्वपा सभापति रवी लामिछानेको मुद्दा फिर्ताका लागि प्रयास जारी : मंगलबारका लागि तोकियो पेशी

9

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिटमाथि अर्को पेशी मंगलबार लाई तोकिएको छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते रविविरुद्ध सम्पत्ति शुद्धिकरण र संगठित अपराधको अभियोग फिर्ता लिने निर्णय गरेपछि त्यसविरुद्ध सिन्धुलीका युवराज सफल,वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, महान्यायाधिवक्ताको कार्यालय,जिल्ला सरकारी वकिल कार्यालय,काठमाडौं, रुपन्देही,कास्की,चितवनसमेतलाई विपक्षी बनाएर माघ ४ गते रिट दायर गरेका थिए ।

रविको अभियोग संशोधन गर्न कार्यालयले टेकेको मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ३६ मा मुद्दा फिर्ताको अवस्था नभएको उल्लेख गर्दै उनीहरुले सो निर्णयमा महान्यायाधिवक्ता सबिता भण्डारीको बदनियत रहेको दावी गरेका छन् । अघिल्लोपटक माघ ६ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासबाट कारण देखाऊ आदेश जारी भएको थियो ।

त्यसपछि सर्वोच्चका न्यायाधीशद्वय डा।मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा माघ ८ गते सुनुवाईको लागि तोएिको उक्त मुद्दा हेर्न नमिल्नेमा परेपछि फागुन २७ का लागि अर्को पेशी तोकिएको हो । यसबीच लामिछाने प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् भने उनको पार्टी रास्वपा दुई तिहाई बहुमतमा पुग्दै छ ।

उनीमाथि लागेको उक्त मुद्दाको कारण माननीयको शपथ ग्रहण हुन नसक्ने भएकाले उपप्रधानमन्त्री वा प्रधानमन्त्रीको सम्भावना स्वतः हराउँदै छ । यता माघ पहिलो साता पार्टी प्रवेश गरेका बालेन्द्र साहलाई पार्टीको तर्फबाट शक्तिशाली प्रधानमन्त्री बनाउनुको विकल्प नभएकाले मुद्दा फिर्ता लिएर जुनसुकै बेलाको निम्ति बालेन्द्रको विकल्पमा आफूलाई तयारी हालतमा राख्नुपर्ने बाध्यता देखिन्छ । त्यसका लागि आगामी नयाँ संसद र नयाँ सरकार गठनअघि हरसम्भव प्रयासमा मुद्दा फिर्ताका लागि सबै प्रयास जारी रहने उच्च स्रोतको दावी छ ।

समाचार वर्गहरू