जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय

5

काठमाडौं । नेपाली कांग्रेसले जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने निर्णय गरेको छ। राष्ट्रिय सभा संसदीय दलको बैठकले आगामी दिनमा जनताको भावना अनुरूप दलको तर्फबाट राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर रोकायले बताए।

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिकारबारे छलफल भएको बताए। बैठकपछि दलका नेता कृष्णप्रसाद सिटौलाले नयाँ परिस्थितिमा आफ्नो जिम्मेवारी थपिएको बताए। उनले भने, ‘हामीले जनताको भावना अनुरूप, अझ बढी सचेत, जागरूक र विशेष जिम्मेवारीका साथ काम गर्नुपर्छ भन्ने हाम्रो आजको निष्कर्ष छ।

राष्ट्रिय सभामा हाम्रो सङ्ख्या अहिले २५ पुगेको छ। त्यसैले जिम्मेवारी पनि हाम्रो सबैभन्दा ठुलो हुन्छ।’ राम्रो रचनात्मक भूमिका निर्वाह गर्ने बताए।

समाचार वर्गहरू