एमाले कास्की इन्चार्ज कृष्ण थापाको निधन

37

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको निधन भएको छ। पोखराका पूर्वमेयरसमेत रहेका थापाको बिहीबार दिउँसो हृदयघातका कारण ६६ वर्षको उमेरमा निधन भएको हो।

प्रतिनिधिसभा सदस्य चुनावको समीक्षाका लागि बिहीबार दिउँसो एमाले कास्की जिल्ला पार्टी कार्यालयमा कास्की क्षेत्र नम्बर १ को निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकमा करिब १० मिनेटसम्म सम्बोधन गरेका थापा कुर्सीमा बसिरहेको बखत अचानक अचेत भएका थिए।

तत्काल उपचारार्थ पोखरा–११, फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल लगिएकामा चिकित्सकले दिउँसो ३ बजेर ३७ मिनेटमा मृत घोषणा गरेका हुन्। उनको पार्थीव शरीर मणिपाल अस्पतालमै राखिएको छ।

थापा गण्डकी प्रदेशसभाका पूर्वसदस्यसमेत हुन्। सानै उमेरदेखि राजनीतिमा सक्रिय उनले विभिन्न तह र तप्कामा बसेर काम गरेका थिए। जीवनको अन्तिम घडीसम्म पनि पार्टीकै कार्यक्रममा सहभागी हुँदै गर्दा उनको मृत्यु भएको हो ।

समाचार वर्गहरू