कांग्रेसले समानुपातिक सांसद टुंगो लगाउन दिउँसो १ बजे बैठक बस्दै

6

काठमाडौँ । प्रतिनिधि सभामा नेपाली कांग्रेसले पाउने सदस्यहरुको संख्या निर्धारण भएपछि टुंगो लगाउन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति आह्वान गरेको छ । बैठक दिउँसो १ बजे ललितपुर रहेको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट दलले प्राप्त गरेको २० सिटमा सदस्यहरूको नाम छनोटमा बैठक केन्द्रित हुने बताइएको छ । कांग्रेसले प्रत्यक्षमा भने १८ सिट मात्र जितेको छ ।

यसैबीच, कांग्रेसले भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको नतिजा ल्याउन नसकेको भन्दै पराजयका कारणसहितको विस्तृत समीक्षा प्रतिवेदन माग गरेको छ। पार्टी केन्द्रीय कार्यालयले सबै प्रदेश, जिल्ला कार्यसमिति र उम्मेदवारहरूलाई परिपत्र गर्दै तत्काल अनुशासन समिति गठन गर्न र हारको कारण खोजेर केन्द्रमा पठाउन निर्देशन दिएको हो। महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा फागुन २१ गते सम्पन्न निर्वाचनमा परिणाम निराशाजनक आएको उल्लेख गर्दै आत्मसमीक्षाको विषय बनाउन आग्रह गरिएको छ ।

कांग्रेसको विधान, २०१७ को धारा ३४ बमोजिम तत्काल जिल्ला र प्रदेश अनुशासन समिति गठन नगरेको भए गठन गरी संयोजक तथा सदस्यहरूको नाम र सम्पर्क नम्बरसहितको आधिकारिक विवरण केन्द्रीय कार्यालयमा पठाउन परिपत्रमा भनिएको छ।

गतेभित्र अनिवार्य रूपमा पठाइसक्न समयसीमा  समेत तोकेको छ।

647406872_2375134239640489_5832734909197316795_n

निर्वाचन परिणामको समीक्षा, पराजयका कारणहरू, अनुभव, सुझाव तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरू समेटेर प्रदेश, जिल्ला र प्रतिनिधि सभाका उम्मेदवारहरूले आआफ्नो तर्फबाट विस्तृत प्रतिवेदन केन्द्रमा पठाउन आग्रह गरिएको छ ।कांग्रेस केन्द्रीय कार्यालयले अनुशासन समितिको विवरण र निर्वाचन समीक्षा प्रतिवेदन आगामी चैत्र ३ गतेभित्र अनिवार्य रूपमा पठाइसक्न समयसीमा समेत तोकेको छ।

समाचार वर्गहरू