प्रधानमन्त्रीले आफ्नै स्वकीयलाई दिएको नियुक्ति १०० प्रतिशत गलत – महावीर पुन

94
फोटो-रासस

काठमाडौं । पूर्वमन्त्री एवं नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले प्रधानमन्त्री कार्कीले गरेको नियुक्ति गलत भएको भन्दै सच्याउन सुझाव दिएका छन् ।

निर्वाचन गराएर बाहिरिने बेला प्रधानमन्त्री कार्कीले आइतबार मात्रै आफ्नै प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गरेकी थिइन् ।

यसअघि पनि विवादमा तानिएका श्रेष्ठलाई प्रधानमन्त्रीले आकर्षक नियुक्ति गरेपछि पुन: विवाद भएको छ । यसै सन्दर्भमा टिप्पणी गर्दै सुशीला कार्कीकै क्याविनेटमा मन्त्री भएका पुनले १०० प्रतिशत गलत काम भएको बताएका हुन् ।

‘प्रधानमन्त्रीज्यूले राषट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखको पदमा आनै स्वकीय सचिव आदर्श श्रेष्ठलाई गरेको नियुक्ति १०० प्रतिशत गलत हो’, उनले लेखेका छन् ।

नयाँ नियुक्ति पाएका श्रेष्ठ यसअघि सचिवालयमा श्रीमतीसहित आफन्तलाई नियुक्त गरेपछि विवादित बनेका थिए ।

May be an image of text that says "प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखको पदमा आफ्नै स्वकिय सचिव आदर्श श्रेष्ठ लाई गरेको नियुक्ती १०० प्रतिशत गलत हो| आर्दश भाई, प्रधान मन्त्रिजयूको इज्जत धुलोमा नमिसियोस भन्नाको खातीर त्यो पद नलिउ| त्यति सानो लोभले प्रधानमत्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाई देउ। यस्तै किसिमको नातावाद, चाकरीवाज, कृपावाद, चापलुसीवादले पुराना दलहरु खतम भए| यहि पाराले काम गर्ने हो भने नयाँ दलहरु पनि कालान्तरमा मासिन्छन्। होसियार गने म তु। त्यो नियुक्ती अव आउने सरकारले बुद्धि पुऱ्याएर गरोस्"

समाचार वर्गहरू