रवि लामिछानेको मुद्दा बिहीबारसम्मका लागि हेर्दाहेर्दैमा

105

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभियोगपत्र संशोधनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा मंगलबार पनि सुनुवाइ भएको छ।

आज पनि बहस नसकिएपछि मुद्दा बिहीबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको छ। बुधबार घोडेजात्राको सार्वजनिक बिदा भएकाले अब बिहीबार सुनुवाइ हुन लागेको हो ।

न्यायाधीशहरू सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले यस मुद्दामा सुनुवाइ गरिरहेको छ। उक्त इजलासले उस्तै माग भएका तीनवटै रिट एकसाथ सुनुवाइ गरिरहेकोमा हेर्दाहेर्दैमा राखिएको छ।

युवराज पौडेल सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीसमेत तीनजनाले दायर गरेको रिटमाथि सुनुवाइ भइरहेको छ।

यसअघि न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले २७ फागुनमा पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश गरेको थियो। ४ माघमा दर्ता भएका यी रिट रास्वपा सभापति लामिछानेका विभिन्न अदालतहरूमा दायर अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर भएका हुन्।

समाचार वर्गहरू